×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ६.३७ अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार ६.३७ अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडमाथिको कारोबार

Artha Sarokar

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार ४ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यस अलवा मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था, ग्रिन लाइफ हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, माउनटेन इनर्जी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र सानिमा जीआइसी इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो। सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा इस्टर्न हाइड्रोपावर, तेर्हथुम पावर कम्पनी, पोखरा फाइनान्स र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी