×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ९.३२ अंकले घट्यो नेप्से, ६ अर्ब ४४ करोडमाथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहीबार ९.३२ अंकले घट्यो नेप्से, ६ अर्ब ४४ करोडमाथिको कारोबार

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: