×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

GLOBAL IME BANK

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: