काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजारमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा बढी कारोबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४-८५का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसैगरी आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्