काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३३ कम्पनीको ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८ सय ९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसैगरी आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्