Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका कर्मचारीको पौडी खेल्ने क्रममा डुबेर निधन !

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकका एक कर्मचारीको पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ । गर्मी छल्ने भन्दै साथीहरुसँग खोलामा पौडी खेल्न गएका विश्वास सुबेदीको डुबेर निधन भएको हो । पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको फुस्रे खोलामा उनी डुबेका हुन् ।

उनी एनआईसी एशिया बैंकको गण्डकी प्रदेश अन्तर्गतको शाखामा कार्यरत थिए । २८ बर्षीय सुवेदीको स्थायी घर पर्वत हो ।

डुबेर बेपत्ता भएका सुबेदीको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट गएको टोलीले शब् फेला पारेको हो ।

बैंकले पनि उनको निधनप्रति दुख व्यक्त गर्दै उनलाई सार्वजनिक रुपमै श्रद्धान्जली दिएको छ ।

यसअघि पनि खोलामा पौडी खेल्ने क्रममा नेपाल एसबिआई बैंकमा कार्यरत कर्मचारीको निधन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK