काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपिएल) १० वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । कोभिड-१९ महामारी र आर्थिक मन्दीका कारण २०८० सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा एक दशक यताकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७१ सालमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ४.१० प्रतिशत पुगेको थियो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ३.९८ प्रतिशत पुगेको छ । जुन, २०७१ सालयताको सबैभन्दा धेरै हो । यसअघि २०७१ सालमै बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.७६ र २०८० सालमै ३.७३ प्रतिशत पुगेको थियो । आर्थिक मन्दी, घट्दो व्यापार र सुस्त अर्थतन्त्रका कारण ऋणीहरुले ऋण तिर्न छोडेपछि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको जानकारहरुले बताएका छन् ।
त्यसैमाथि दुर्गा प्रसाईं र मनिराम ज्ञवालीको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनका कारण पनि उठ्नुपर्ने ऋणको ठूलो रकम नउठेको बैंकरहरुको भनाई छ । हाल वाणिज्य बैंकहरुको खराब कर्जा ३.८९ प्रतिशत, विकास बैंकहरुको खराब कर्जा ३.६३ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा १०.४० प्रतिशत पुगेको छ ।
खराब कर्जा बढेसँगै यसवर्ष बैंक तथा वित्तीय संस्थाहरुको लाभांश दर पनि घट्ने देखिएको छ । खराब कर्जा बढ्दा आम्दानीको ठूलो रकम प्रोभिजनका लागि छुट्याउनुपर्दा लाभांश दर घट्ने देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्