काठमाडौँ । काठमाडौँमा पेट्रोल हाहाकार भएको छ । अधिकांश पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने जानकारी राखिएको छ भने भएकामा पनि निकै भीड देखिएको छ ।
विभिन्न माग राखी पेट्रोल ढुवानी गर्नेहरुले डिपोहरुलाई पेट्रोल नदिएर आन्दोलनमा उत्रिएपछि यस्तो हाहाकार भएको पेट्रोल पम्प संचालकहरुले जनाएका छन् ।
पेट्रोल हाहाकार भएपछि रातारात आर्मी र पुलिसले संचालन गरेका पेट्रोल पम्पमा गएर पेट्रोल हाल्नेहरु बढेका छन् । यो समाचार तयार गर्दासम्म आर्मीको पेट्रोल पम्पले भने पेट्रोल दिईरहेको छ । बाँकी धेरै पेट्रोल पम्पहरुले पेट्रोल नभएको बताईरहेका छन् । भोलिदेखि आर्मी र पुलिसको पेट्रोल पम्पलाई पनि पेट्रोल ढुवानी गर्न नदिने अडानमा ढुवानीकर्ताहरु छन् ।
पेट्रोल ढुवानीमा हुने चुहावट रोक्न, कम पेट्रोल ढुवानी भएको केसमा आयल निगमले पैसा काट्ने गरेको छ । यहि विषयमा ढुवानीकर्ताहरुले आन्दोलन गरेको व्यवसायीहरुले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्