Skip to content
LAXMI SUNRISE BANK

सुनसरीबाट हुण्डीको १ करोड रुपैयाँ बरामद, एकजना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । सुनसरीबाट हुण्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरिएको छ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरको चेप्वाइन्ट टोलीले उक्त रकम बरामद गरेका हुन् । घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा सो रकम फेला परेको थियो ।

उक्त रकम कारभित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त बोराबाट १ हजार दरको ९ हजार ७ सय थान नोट र ५ सय दरका ८ सय थान नोट बरामद गरिएको छ । उक्त नोटसँगै सुनसरीको हरिनगर गाउँपालिका-५ का ईसा अन्सारीलाईसमेत नियन्त्रणमा लिइएको छ । 

प्रारम्भिक सोधपुछका क्रममा अन्सारीले उक्त रकमको स्रोत खुलाउन नसकेपछि उक्त रकम हुण्डीको भएको आशंका गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK