×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका डेपुटी सीईओ काफ्लेको अन्त्येष्टि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंकका डेपुटी सीईओ काफ्लेको अन्त्येष्टि

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीईओ पारस कुमार काफ्लेको अन्त्येष्टि गरिएको छ । हृदयघातका कारण निधन भएका काफ्लेको शनिबार अन्त्येष्टि गरिएको हो ।

बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन)को कार्यक्रममा सहभागी हुन भन्दै श्रीलंका गएका काफ्लेको हृदयघातका कारण जेठ २० गते (गत आइतबार) श्रीलंकामै निधन भएको थियो ।

बैंकका एक उच्च अधिकारीका अनुसार श्रीलंकामै हुँदा अचानक मुटु दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । श्रीलंकाको कोलम्बोस्थित नवलोक अस्पतालले काफ्लेलाई आइतबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो । निधनपछि नेपाल ल्याइएका काफ्लेको शनिबार नेपालमै अन्त्येष्टि गरिएको छ । 

विगत लामो समयदेखि सिटिजन्स बैंकमै कार्यरत उनी ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्स लगायतका विषयमा अब्बल थिए । पछिल्लो समय उनी बैंकको काममा औसत समयभन्दा बढी सक्रिय थिए । काठमाडौंको रातोपुल बस्ने काफ्लेका श्रीमती र दुई छोरा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: