×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

GLOBAL IME BANK

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्यका आधारमा शनिबार बसेको निगमको सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुनेगरि नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

त्यस्तै, डिजल र मट्टीतेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: