×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलको हाहाकार मच्चिएपछि ट्यांकर चालकसँग वार्ता गर्दै सरकार, अब खुल्लान् त पेट्रोल पम्प ? 

GLOBAL IME BANK

पेट्रोलको हाहाकार मच्चिएपछि ट्यांकर चालकसँग वार्ता गर्दै सरकार, अब खुल्लान् त पेट्रोल पम्प ? 

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौँ उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।

सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताएका छन् । 

जेठ ३२ गतेदेखि कालोपट्टी बाँधेर काम गरेको र सोमबारदेखि बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए । ‘निरन्तर आन्दोलनपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि बोलाएको छ ।’, अध्यक्ष लामाले भने, ‘माग पुरा गर्ने प्रतिवद्धता आए आन्दोलनका कार्यक्रमहरु फिर्ता हुनसक्छन ।’

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौँ उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: