काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी फोटो चोरीमा संलग्न देखिएका छन् । ताप्लेजुङका फोटोग्राफर राजिव लिम्बुले खिचेको तस्विरलाई अनाधिकृत रुपमा बैंकको लोगोसँग टाँसेर बैंकले बदमासी गरेको हो । यस विषयमा सो फोटो खिच्ने फोटोग्राफरले पटक पटक सचेत गराउँदा पनि बैंकले अटेर गरेपछि यो विषयलाई लिम्बुले सार्वजनिक गरेका हुन् ।
‘बैंकले मेरो फोटो विना अनुमति, मेरो नाम पनि उल्लेख नगरी प्रयोग गरेपछि मैले यस विषयमा चासो राखेको थिएँ । यस विषयमा छलफलसमेत गर्ने भनिएको थियो ।’ लिम्बुले अर्थ सरोकारसँग भने, ‘तर पछिसम्म पनि मैले खोजेको जवाफ पाइन ।’

उनका अनुसार बैंकले विना अनुमति फोटो प्रयोग गरेपछि उनले यस विषयमा चासो राखेका थिए । उनले चासो राखेपछी बैंकका प्रतिनिधिले छलफल गरौँ भनेका पनि थिए । तर उनले खिचेको फोटो प्रयोग गरेको बैंकका प्रतिनिधिले उल्टै लिम्बुलाई धम्क्याउन खोजेको र कानुनी रुपमा फोटो चोर्ने नै माथि हुने भन्दै थर्काएको लिम्बुको भनाई छ । ‘मेरो फोटो मेरो अनुमति विना प्रयोग गर्ने, अनि कुरा उठाउँदा उल्टै मलाई धम्क्याउने काम भयो । उल्टै कानुनी रुपमा लडाई गरे पनि बैंक माथि हुन्छ पो भनियो । त्यसरी कहाँ हुन्छ ? म कहाँ मान्छु ?’

यस विषयमा बैंकको ताप्लेजुङ, फ़ुङ्गलिङ शाखाका शाखा प्रबन्धक संगम दीप श्रेष्ठलाई फोन गर्दा उनको नम्बर ‘आउट अफ सर्भिस’ रहेको पाइयो ।
बैंकको केन्द्रीय कार्यालयले भने यस विषयमा आफुलाई जानकारी नभएको तर्क गर्यो । बैंकका सूचना अधिकारी राजेश शर्माले यस विषयमा बैंकलाई थाहा नभएको र बुझेर खबर गर्ने जानकारी दिए ।
यता यो प्रकरण बाहिर आएपछि लिम्बुका शुभचिन्तक र फोटोग्राफी / फोटो पत्रकारितासम्बन्धि जानकारी राख्नेहरुले भने बैंकलाई ‘चोरको उल्टै ठुलो स्वर’झैँ गरेको भन्दै आलोचना गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्