×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशमा केही पनि भएन भन्ने भाष्य गलत’ – प्रधानमन्त्री

GLOBAL IME BANK
SHREE KESH

‘देशमा केही पनि भएन भन्ने भाष्य गलत’ – प्रधानमन्त्री

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् ।

शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्धत रहेको उल्लेख गरे । उनले कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो । धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कँही न कँही यस भाष्यलाई अगाडि बढाउन उद्धत छ । कम्युनिष्टहरूले अव एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ ।’

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागि परेको दाबी गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: