काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्टममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौँको बजेट विनियोजन गरेकोले त्यसको विरोध बजेट पुस्तिका नै च्यातेका हुन् ।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ । रिस उठ्छ कहिलेकाहिँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ ।’, उनले भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने, त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु ।’
उनले चारवटा निर्वाचन क्षेत्रमा मनपरी रुपमा बजेट बिनियोजन गरिएकोप्रति रुष्ट हुँदै उनले च्यातेको बजेट पुस्तिका चारवटा बाहेक अन्य प्रतिनिधि सभा सदस्यको मनको कुरा भएको चर्चा गरे ।
सामान्य मर्यादासमेत नराखी राज्यस्रोतमाथि गरेको मनपरी सहन नसक्ने भन्दै लिङदेनले बजेटमाथि आक्रोश पोखेका छन् । कसैको निर्वाचन क्षेत्रमा एउटै योजना नराख्ने र कसैकोमा अर्बौंको योजना राख्नुपर्ने कारण, विधि र पद्धतिबारे जानकारी दिनुपर्ने माग गर्दै लिङदेनले महासेठले बजेट बनाउँदा विधि भत्काएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्