×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कानून अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरियोस्’- रामहरी खतिवडा 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘कानून अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरियोस्’- रामहरी खतिवडा 

Artha Sarokar

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष कानून अनुसार नियुक्त गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले बोर्डको नेतृत्व चयन गर्दा कानूनी प्रक्रिया पूरा गर्न माग गरेका हुन् । 

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी भएको छ ।’, उनले भने, ‘कानूनी प्रक्रिया नुपर्याई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढ्यो भन्ने सुन्नमा आएको छ । कानून अनुसार नियुक्ति गर्ने पद्धतिको विकास होस् ।’

हाल नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया पेचिलो बनेको छ । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीनजना डा. नवराज अधिकारी, चिरञ्जिवी चापागाईं र कृष्ण कार्की आइतबार अन्तर्वार्तामा अनुपस्थित भएका थिए भने बुधबार बोलाइएको पुनः अन्तर्वार्तामा पनि अनुपस्थित भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी