Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र ऋण उठाउने विधेयक पारित

अर्थ सरोकार

काठमाडौं। प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

२०८१ जेठसम्मको ऋणको अवस्था २४ खर्ब ३४ करोड रहेको अर्थमन्त्री वर्षमन्त्री पुनले बताए । २०८० असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अब ३५ करोड रहेको र यो कुल ग्राहस्थ्र्य उत्पादनमा ४२.०८ प्रतिशत रहेको बताए ।

यमसा बाह्य ऋणतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड ५०.३ र आन्तरिक ऋणतर्फ ११ खब ९२ अर्ब ४८ अर्ब ४९.७ प्रतिशत रहेको बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK