Skip to content
LAXMI SUNRISE BANK

पौने दुई अर्ब बक्यौता रहेको रिलायन्सलाइ आइपीओ अनुमति, लगानीकर्ता कंगाल बन्ने बाटोमा !

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पौने दुई अर्ब बक्यौता रहेको रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बुधबार बसेको बैठकबाट कामु अध्यक्ष नरेन्द्र रानामगरले घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सलाई बुक बिल्डिङ आइपीओ निष्कासन गर्न अनुमति दिने निर्णय गरेका हुन्।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्ने छ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ ।

रिलायन्स स्पीनिङ मिल्सले सर्वसाधारलाई ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले विद्युत प्रयोग गरेबापतको बक्यौता नै नतिरी आईपीओ निष्कासनको तयारी गरेकोले बक्यौता भुक्तानी नगर्दासम्म आईपीओको अनुमति नदिन भन्दै विद्युत प्राधिकरणले गत पुष २५ गते पत्र पठाएको थियो। नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन प्रयोग गरी एक अर्ब ७५ करोड भन्दा बढि विद्युत महसुल बक्यौता रहेको थियो ।

रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK