×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘केक काण्ड’ पछि उग्र भएको आन्दोलनले साधना लघुवित्तको नाम नै खारेज, पुन: न्वारन गरेर राखियो ‘सम्पदा’ !

GLOBAL IME BANK
SHREE KESH

‘केक काण्ड’ पछि उग्र भएको आन्दोलनले साधना लघुवित्तको नाम नै खारेज, पुन: न्वारन गरेर राखियो ‘सम्पदा’ !

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तत : साधना लघुवित्तको ‘केक काण्ड’ले संस्थाको नाम नै परिवर्तन भएको छ । नियामक नेपाल राष्ट्र बैंकले साधना लघुवित्तको नाममा दिएको अन्तिम नाम स्वीकृति खारेज गर्दै संस्थाको नाम सम्पदा लघुवित्त राख्नेगरि स्वीकृति दिएको हो ।

यसअघि राष्ट्र बैंकले अन्तिम सम्झौता विपरित नाम ‘फाइनल’ गरेपछि कर्मचारीहरुले आन्दोलन गरेका थिए । आन्दोलनरत कर्मचारीले कि अन्तिम सम्झौता अनुसार दुबै कम्पनीको नाम हुनुपर्ने, कि नयाँ नाम हुनुपर्ने सर्त राखेपछी राष्ट्र बैंकले पनि कम्पनीको नयाँ ‘न्वारन’लाई स्वीकृति दिएको हो । अन्तिम सम्झौता अनुसार कम्पनीको नाम सबैको साधना लघुवित्त कायम रहने भनिएपनि नाम स्वीकृत भएर आउँदा साधना लघुवित्त मात्र भई आएको थियो ।

तत्कालीन सबैको लघुवित्त र साधना लघुवित्त मर्जर भई सबैको साधना लघुवित्त नाम राख्नेगरि अन्तिम सम्झौता भएपनि अन्तिममा राष्ट्र बैंकले साधना लघुवित्त मात्र भनी नाम स्वीकृति दिएको र सोही विषयमा सबैको लघुवित्तका कर्मचारी डिमोटिभेट हुनेगरी साधना लघुवित्तका कर्मचारीले केक काटेर उत्सव मनाएको भन्दै सबैको लघुवित्तका कर्मचारीले आन्दोलन सुरु गरेका थिए । कर्मचारीले कालोपट्टि बाँधेर काम गरेका थिए भने केही शाखा बन्दसमेत गरिएको थियो । त्यसपछि दुबै संस्थाका बोर्ड सदस्यहरुले छलफल गरि नयाँ नाम सिफारिस गरेका थिए । र अन्ततः लघुवित्तको नाम परिवर्तन भएको हो ।

साधना लघुवित्त भनी अन्तिम नाम आएको विषयमा भएको आन्दोलन बारे अर्थ सरोकारले केही समय अगाडि खबर ब्रेक गरेको थियो भने यश विषयमा निरन्तर फलोअप समेत गरेको थियो ।

नयाँ नाम स्वीकृत भएर आएसँगै आन्दोलनरत कर्मचारीको एउटा माग सम्बोधन भएको छ । आन्दोलनरत कर्मचारीले आफ्नो प्रमुख माग सम्बोधन भएको भन्दै अर्थ सरोकारलाई निरन्तर साथ दिएर सहयोग गरेकोमा धन्यवादसमेत दिएका छन् भने संस्थामा विभेद भएका विषयमा थप छलफल जारी रहेकोसमेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: