काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क सहित ९ वटा सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ।
बुधबार बसेको संसदीय विषेश छानविन समितिको बैठकले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सुर्य थापाले जानकारी दिए । उनले भने, ‘विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित नौ वटा सहकारीको कागजात मगाउने निर्णय गरेका छौं ।’
समितिले गोरखा मिडियामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीसँग कागजात माग गरेको छ।
यी सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वित्तीय विवरण माग गर्ने निर्णय भएको उनले बताए ।
उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान समेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्