Skip to content
LAXMI SUNRISE BANK

मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको १० लाख जरिवाना, २ ब्रोकर र रेटिङ कम्पनी पनि कारवाहीमा परे

अर्थ सरोकार

काठमाडौं। अवैध सम्पत्तिलाई वैध बनाउन खोजेपछि धितोपत्र बोर्डले एक मर्चेण्ट बैंकरलाई जरिवाना गराएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को व्यवस्थाको परिपालना नगरेका भन्दै उक्त मर्चेण्ट बैंकर १० लाख रुपियाँ जरिवाना तिराएको हो ।

त्यस्तै, बोर्डले दुई ब्रोकर कम्पनीलाई पनि कारवाही गरेको छ। नियम विपरित सेयर हस्तान्तरण र वितरण गरेको भन्दै बोर्डले दुई ब्रोकरलाई ५०-५० हजार जरिवाना तिराएको हो।

त्यसैगरी, एक रेटिङ कम्पनी पनि बोर्डको कारवाहीमा परेको छ। क्रेडिट रेटिङ नियमावली, २०६८ को व्यवस्था विपरित आफ्नो मुख्य सेयरधनी सम्बद्ध कम्पनीहरूको रेटिङ कार्य गरेकोले उक्त रेटिङ कम्पनीलाई ५० हजार जरिवाना तिराएको बोर्डले जनाएको छ।

बोर्डले मर्चेण्ट बैंकर, ब्रोकर कम्पनी तथा  रेटिङ कम्पनीको नाम भने गोप्य रोखेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK