Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार अन्तर्वार्ता

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि २०८० पुष २१ गतेदेखि रिक्त रहेको बोर्ड अध्यक्ष पदका लागि आइतबार अन्तर्वार्ता हुने भएको हो । 

लामो समयदेखि रोकिएको बोर्ड अध्यक्ष छनौट प्रक्रियालाई अघि बढाउँदै अर्थ मन्त्रालयले आइतबार बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता लिने जनाएको हो । 

एक सूचना नै जारी गर्दै अर्थ मन्त्रालयले ‘सर्ट लिष्ट’मा परेका पाँच जनाको आइतबार प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने भएको छ । प्रस्तुतीकरण तथा अन्तर्वार्ता राष्ट्रिय योजना आयोगको सभाहलमा हुनेछ । 

बोर्ड अध्यक्षका लागि आवेदन दिएकामध्ये नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ ‘सर्ट लिष्ट’मा परेका छन् । 

‘सर्ट लिष्ट’ परेकामध्ये बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्ले तीनजनाबाट योग्य एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK