×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति : अन्तर्वार्ताका लागि प्रतिष्पर्धीहरु सिंहदरबारमा, ‘४० करोडको चर्चा’ !

GLOBAL IME BANK

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति : अन्तर्वार्ताका लागि प्रतिष्पर्धीहरु सिंहदरबारमा, ‘४० करोडको चर्चा’ !

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना प्रतिष्पर्धी अन्तर्वार्तामा गएका छन् । आज विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाइएका उनीहरु प्रस्तुतीकरणका लागि गएका हुन् ।
यो समाचार तयार गर्दासम्म प्रतिष्पर्धीहरु सिंहदरबार परिसर पुगेका छन् भने प्रसतुतीकरण सुरु भने भएको छैन । सम्भवत: अवको केहि समयभित्र प्रस्तुतीकरण सम्पन्न हुनेछ । कसलाई अध्यक्ष बनाउने भन्ने विषय टुंगो लागिसकेकाले सो प्रस्तुतीकरण र नाम सिफारिस भने औपचारिकताका लागि मात्र हुने बुझिएको छ ।
प्रतिष्पर्धीहरुले भेटमा एक अर्कालाई शुभकामना दिएका छन् । २ प्रतिष्पर्धीहरुले भने, ‘कति (घुस) मागेका छन् ?’ भनेर सोधनीसमेत गरेका छन् । जवाफमा एक प्रतिष्पर्धीले मलाई त मागेका छैनन् भन्ने जवाफ दिएका छन् भने एक प्रतिष्पर्धीले ४० करोड रुपैयाँको कमिटमेन्ट गरेको चर्चा पनि गरेका छन् ।
आजको ‘औपचारिक प्रस्तुतीकरण’पछि सिफारिस समितिले ३ जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । सोही तीन जनामध्येबाट १ जना बोर्डको अध्यक्ष हुनेछन् । बोर्डको अध्यक्षको नियुक्ति मन्त्रीपरिषदले गर्नेछ ।
यसअघि अर्थमन्त्री बर्षमान पुनले प्रक्रिया नै रोकेर राखेका थिए । तर यहि प्रकरणमा पुनलाई मन्त्रीको पदबाट हटाउने चर्चा सुरु भएपछि पुन प्रक्रिया अघि बढाउन तयार भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: