×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष चुन्ने तयारीको सूचना ‘लिक’ भएको भन्दै अन्तर्वार्तामै गएनन् ३ प्रतिष्पर्धी, अव के हुन्छ ?

GLOBAL IME BANK

सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष चुन्ने तयारीको सूचना ‘लिक’ भएको भन्दै अन्तर्वार्तामै गएनन् ३ प्रतिष्पर्धी, अव के हुन्छ ?

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्ति गर्न लागेको तयारीबारे सूचना लिक भएको भन्दै ३ जना प्रतिष्पर्धी अन्तर्वार्तामै नगएको पाइएको छ । प्रधानमन्त्री प्रचण्डले क्याबिनेटमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न भनेको र तीमध्ये सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष चुन्न निर्देशन दिएको सूचना पाएको भन्दै अन्य ३ प्रतिष्पर्धी अन्तर्वार्तामा नगएको पाइएको हो । उनीहरुलाई बुधबार पुन: अन्तर्वार्ताका लागि बोलाइएको छ ।
२ गतेका लागि निर्धारण गरिएको अन्तर्वार्तामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिबी चापागाईं र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थित भएनन् । उपस्थिति नजनाएका तीनै जनालाई सिफारिस समितिका सदस्यले फोन गरेका थिए । तर उनीहरुमध्ये सबैको फोन अफ थियो ।
अनुपस्थित भएकामध्ये कृष्ण कार्की नेप्सेले आयोजना गरेको कार्यक्रमका लागि सुर्खेत गएका थिए । त्यसपछि उनी आज अन्तर्वार्तामा जानुपर्छ भनेर उतै बसे । अन्य दुई जना भने काठमाडौँमै छन् । आफुलाई अध्यक्ष बनाउन दौडधुपमा लागेको टोलीले नजानु भनेपछि उनीहरु अन्तर्वार्तामा नगएको अड्कल सिफारिस समितिले गरेको छ । समिति आफैंमा विवादित छ । समितिका सदस्यको योग्यताको विषयलाई लिएर अख्तियारमा केहि दिन अघि मात्र उजुरी परेको छ ।
अव बुधबार पनि उनीहरु उपस्थित भएनन् भने पुन: अर्को आवेदन खुलाउनुपर्ने तर्क केहि कानुन व्यवसायीहरुको छ भने केहिले भने उपस्थित भएका दुई जनामध्ये एक जनालाई अध्यक्ष बनाउन सकिने तर्क प्रस्तुत गरेका छन् । जे भए पनि अव यो विषय पेचिलो बनेको छ ।
यता अर्थ मन्त्रालयले भने आफ्ना प्रतिनिधि बोर्डमा हाल कामु अध्यक्ष रहेकाले डा. नवराज अधिकारीलाई कारवाही गर्ने विषयमा आवश्यक छलफल गरिरहेको बुझ्निएको छ । सरकारी कर्मचारी भएर सरकारी प्रक्रियामा भाग नलिएको नभन्दै उनलाई स्पष्टिकरण सोध्ने र कारवाहीको बाटो खोज्ने तयारीबारे मन्त्रालयमा छलफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: