×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्वार्ताकै दिन ‘फोन अफ गरेर निहुँ खोज्ने’ डाक्टर सापसहित कारवाही गर्ने अर्थ मन्त्रालयको तयारी !

GLOBAL IME BANK

अन्तर्वार्ताकै दिन ‘फोन अफ गरेर निहुँ खोज्ने’ डाक्टर सापसहित कारवाही गर्ने अर्थ मन्त्रालयको तयारी !

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्तामा जानुपर्नेमा फोन अफ गरेर अनुपस्थित भई निहुँ खोजेको भन्दै बोर्डका बहालवाला कर्मचारी डा. नवराज अधिकारीलाई अर्थ मन्त्रालयले कारवाही गर्ने विषयमा छलफल गरेको छ । सरकारी नुन खाएर, सरकारी प्रक्रियामा सहभागी नभई विनाकारण अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अधिकारीलाई कारवाही गर्ने विषयमा मन्त्रालयमा छलफल भएको हो ।
अधिकारीलाई कुन कानुन टेकेर कारवाही गर्ने भन्ने विषयमासमेत मन्त्रालयमा छलफल भएको छ । उनीहरुलाई बुधबार पुन: अन्तर्वार्ताका लागि बोलाइएको छ । ‘एक पटक बुधबार मौका दिने भन्ने छ । बुधबार पनि अन्तर्वार्तामा आएनन् भने अधिकारीलाई कारवाही गर्ने विषयमा थप गम्भीर बन्नेछौँ ।’ अर्थ मन्त्रालय स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘सरकारी नुन खाएर यो हदसम्मको बैगुन गलत हो । अव सरकारी प्रक्रियामाथि नै धावा बोल्ने व्यक्ति अध्यक्ष त कसरी होला, यस्तो मान्छे बोर्डमै हुनुहुँदैन भन्ने तर्क धेरैको छ ।’
२ गतेका लागि निर्धारण गरिएको अन्तर्वार्तामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिबी चापागाईं र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थित भएनन् । उपस्थिति नजनाएका तीनै जनालाई सिफारिस समितिका सदस्यले फोन गरेका थिए । तर उनीहरुमध्ये सबैको फोन अफ थियो ।
अनुपस्थित भएकामध्ये कृष्ण कार्की नेप्सेले आयोजना गरेको कार्यक्रमका लागि सुर्खेत गएका थिए । त्यसपछि उनी आज अन्तर्वार्तामा जानुपर्छ भनेर उतै बसे । अन्य दुई जना भने काठमाडौँमै छन् । आफुलाई अध्यक्ष बनाउन दौडधुपमा लागेको टोलीले नजानु भनेपछि उनीहरु अन्तर्वार्तामा नगएको अड्कल सिफारिस समितिले गरेको छ । समिति आफैंमा विवादित छ । समितिका सदस्यको योग्यताको विषयलाई लिएर अख्तियारमा केहि दिन अघि मात्र उजुरी परेको छ ।
३ जना प्रतिष्पर्धी उपस्थित नहुँदा अव प्रक्रियाको बैधानिकतामाथि नै प्रश्न उठेको छ । बुधबार पनि उनीहरु अन्तर्वार्ताका लागि गएनन् भने प्रक्रिया नै रद्ध हुनेछ । यदी त्यस्तो स्थिति आएकोमा  नवराज अधिकारीलाई कारवाही गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: