×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्षका लागि भिडेर अन्तर्वार्ता दिन नगएका ३ जनालाई बुधबारका लागि पुनः बोलाइयो

GLOBAL IME BANK

धितोपत्र बोर्डको अध्यक्षका लागि भिडेर अन्तर्वार्ता दिन नगएका ३ जनालाई बुधबारका लागि पुनः बोलाइयो

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि भिडेर प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः बोलाइएको छ । अर्थ मन्त्रालयले उनीहरुलाई बुधबार ९ बजेका लागि बोलाएको हो ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई पुनः बोलाइएको छ ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिष्टमा परेका ५ जनालाई अर्थ मन्त्रालयले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताको लागि बोलाएको थियो । तर, आइतबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अध्यक्षका उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । बाँकी तीन जना भने अन्तर्वार्ताका लागि उपस्थित नै भएनन् ।

प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भए पनि २ जना मात्रै सहभागी भएपछि अन्य तीन जनालाई पुनः अन्तर्वार्ताका लागि बालाइएको बोर्डको अध्यक्ष सिफारिस समितिका एक सदस्यले बताएका छन् ।

सत्तारुढ दलहरुकै सहमतिमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले क्याबिनेटमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न भनेको र तीमध्ये सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष चुन्न निर्देशन दिएको चर्चा राजनीतिक वृतमा छ । तर, यही कुरा चुहिएपछि अर्थमन्त्री बर्षमान पुनले ५ प्रतिष्पर्धीमध्येका ३ माओवादी निकट प्रतिष्पर्धीलाई अन्तर्वार्तामै उपस्थित नहुन भनेको र यहि कारण अवको यो प्रक्रिया लम्बिने वा स्थगित हुने अवस्थामा पुगेको विश्लेषण जानकारहरुको छ ।

बुधबार थप ३ जनाको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्ले तीनै तीन जनामध्येबाट एकजनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: