×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले यहि साता अध्यक्ष पाउने, अन्तर्वार्ता दिने दुई जना र बढी अंक ल्याउने १ जनाको नाम सिफारिस गर्ने तयारी !

GLOBAL IME BANK

धितोपत्र बोर्डले यहि साता अध्यक्ष पाउने, अन्तर्वार्ता दिने दुई जना र बढी अंक ल्याउने १ जनाको नाम सिफारिस गर्ने तयारी !

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आफुलाई अध्यक्ष नबनाउने कन्फर्म भएपछि अन्तवार्तामै नगएका ३ प्रतिष्पर्धी बुधबार पनि अन्तर्वार्तामा नगए पनि नेपाल धितोपत्र बोर्डले यहि साता अध्यक्ष पाउने भएको छ । प्रधानमन्त्रीले अन्तर्वार्तामा आएका दुई जना र बढी अंक ल्याउने एक जनाको नाम सिफारिस गरेर क्याबिनेटमा पठाउन र तीनैमध्ये एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेगरी प्रक्रिया अगाडी बढाउन निर्देशन दिएपछि अन्तत: बोर्डले नयाँ अध्यक्ष यहि साता पाउने भएको हो ।
बोर्ड अध्यक्षका लागि भिडेर प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी नभएकालाई बुधबार पुनः अन्तर्वार्ताका लागि बोलाइएको छ । तर उनीहरु बुधबार पनि अन्तर्वार्ताका लागि नजाने अडानमा छन् ।
अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई पुनः बोलाइएको छ । उनीहरुले यस अघि आफुलाई अध्यक्ष नबनाउने कन्फर्म भएको देखेपछि अन्तर्वार्ता नै बहिष्कार गरेका थिए।
बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिष्टमा परेका ५ जनालाई अर्थ मन्त्रालयले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताको लागि बोलाएको थियो । तर, आइतबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अध्यक्षका उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । बाँकी तीन जना भने अन्तर्वार्ताका लागि उपस्थित नै नभएपछि यो प्रक्रिया थप पेचिलो बनेको थियो ।
सत्तारुढ दलहरुकै सहमतिमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले क्याबिनेटमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न भनेको र तीमध्ये सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष चुन्न निर्देशन दिएको चर्चा राजनीतिक वृतमा छ । तर, यही कुरा चुहिएपछि अर्थमन्त्री बर्षमान पुनले ५ प्रतिष्पर्धीमध्येका ३ माओवादी निकट प्रतिष्पर्धीलाई अन्तर्वार्तामै उपस्थित नहुन भनेको र यहि कारण अवको यो प्रक्रिया लम्बिने वा स्थगित हुने अवस्थामा पुगेको विश्लेषण जानकारहरुको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: