काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा बोलाइएका तीन ‘माओवादी प्रतिस्पर्धी’ आज (बुधबार) पनि अनुपस्थित भएका छन् ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्ट लिष्टमा परेका पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि आइतबार नै बोलाइएको थियो । आइतबार २ जना मात्रै अन्तर्वार्तामा उपस्थित भएका थिए । बाँकी ३ जना (डा. नवराज अधिकारी, कृष्ण कार्की र चिरञ्जिवी चापागाईं) अनुपस्थित भएका थिए । सो दिन अन्तर्वार्तामा अनुपस्थित भएका तीनै जनालाई पुनः अन्तर्वार्ताका लागि बुधबार बोलाइएको थियो । तर, बुधबार पनि तीनै जना अन्तर्वार्तामा अनुपस्थित भएका छन् ।
बुधबार बिहान ९ बजेका लागि प्रस्तुतीकरण तथा अन्तर्वार्ताको सयम तोकिएको भए पनि तीनै जना अनुपस्थित भएपछि बुधबारको कार्यसूची पनि स्थगित भएको छ ।
योसँगै बोर्डको अध्यक्ष नियुक्त तथा सिफारिस समितिमा बोर्डको अध्यक्ष सिफारिस प्रक्रिया रद्द गर्नेबारे छलफल सुरु भएको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ अनुसार सिफारिस समितिले योग्यता पुगेका कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्छ । तर, सर्ट लिष्टमा परेका पाँच जनामध्ये ३ जना नै अन्तर्वार्तामा उपस्थित नभएपछि दुईजनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने भन्दै प्रक्रिया नै रद्द गर्ने विषयमा छलफल सुरु भएको छ ।
सर्ट लिष्टमा परेका पाँचजनामध्ये सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेको र ती मध्ये सन्तोष नारायण अधिकारीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्न निर्देशन दिएको चर्चा चलेपछि बोर्ड अध्यक्षका तीन उम्मेदवार अन्तर्वार्तामै गएनन् । आफू र आफ्नो पार्टीका मान्छे बोर्ड अध्यक्ष नबन्ने देखेपछि अर्थमन्त्रीकै निर्देशनमा उनीहरु अन्तर्वार्ताका लागि नआएको र स्वयम् अर्थमन्त्रीले पनि प्रक्रिया रद्द गर्न चाहेको एमाले निकटहरुको तर्क छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्