काठमाडौं। नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ। बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।
बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिष्टमा परेका ५ जनालाई अर्थ मन्त्रालयले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताको लागि बोलाएको थियो । तर, प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अध्यक्षका उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । बाँकी तीन जना भने अन्तर्वार्ताका लागि उपस्थित नै भएका थिएनन्।
तीनजना अन्तर्वार्तामा सहभागी नभएपछि अध्यक्ष छनोट प्रक्रिया थप पेचिलो बनेको थियो।
उक्त विषयमा बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले अन्तर्वार्ता दिएका दुई जना र बढी अंक ल्याउने एक जना थप गरी तीन जनाको नाम सिफारिस गर्न सुझाव दिएको थियो।
तर, समितिले शुक्रबार सो प्रक्रिया नै रद्द गरेको सूचना सार्वजनिक गरेको छ ।
यस्तो छ सुचना :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्