×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर धितो कर्जा घट्यो, मौद्रिक नीतिमार्फत सेयर कर्जामा १५ करोडको ‘क्याप’ हटाउन लगानीकर्ताको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर धितो कर्जा घट्यो, मौद्रिक नीतिमार्फत सेयर कर्जामा १५ करोडको ‘क्याप’ हटाउन लगानीकर्ताको माग

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैशाख महिनामा सेयर धितो कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख महिनामा मात्रै सेयर धितो कर्जा २३ करोड २० लाख रुपैयाँले घटेको हो । 

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म बैंकिङ प्रणालीबाट ८६ अर्ब १८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर, बैशाख मसान्तसम्म उक्त कर्जा ८५ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

यसो त गतवर्ष असार मसान्तसम्म बैंकिङ प्रणालीबाट कुल ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । गतवर्षको तुलनामा पछिल्लो १० महिनामा सेयर धितो कर्जा प्रवाह १२.६४ प्रतिशतले बढेको छ । 

यद्यपि यो अपेक्षा अनुसार नभएको सेयर लगानीकर्ताहरुले बताएका छन् । सेयर लगानीकर्ताका अनुसार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ‘क्याप’का कारण पनि सेयर धितो कर्जा बढ्न नसकेको लगानीकर्ताको भनाई छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ‘क्याप’ हटाए सेयर धितो कर्जा प्रवाह वृद्धि हुने लगानीकर्ताको भनाई छ । 

सेयर बजार चलायमान बनाउनका लागि भए पनि सेयर धितो कर्जामा लगाइएको ‘क्याप’ हटाउन लगानीकर्ताले माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकसँग सेयर कर्जामा लगाइएको १५ करोडको ‘क्याप’ हटाउन र सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्न खास माग गरेका छन् । हाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरिएको छ भने सेयर धितो कर्जाको सीमा व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी