Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८३ लाख  ५ हजार ७ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK