काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्