काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी स्माल हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर हेवा खोला हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा माउन्टेन इनर्जी नेपाल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, गुर्खाज फाइनान्स र मल्टीपर्पोज फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो। समलिंग पावरमा यस्तो गिरावट आउँदा कुमारी इक्वटि फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, १०.२५% माछापुच्छ्रे बैंक डेबेञ्चर २०८५ र नेपाल रिपब्लिक मिडियामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्