Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १८.७६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार बरुण हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७ सय ८२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK