×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एसियाकै सानो भुटानको सेयर बजार अल टाइम हाई बिन्दुमा, सबैभन्दा ठूलो भारतको बजार उकालो गतिमा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दक्षिण एसियाकै सानो भुटानको सेयर बजार अल टाइम हाई बिन्दुमा, सबैभन्दा ठूलो भारतको बजार उकालो गतिमा 

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दक्षिण एशियाको सबैभन्दा सानो भुटानको सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । पछिल्लो केही महिनायता बुलिस लयमा देखिएको भुटानको सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको हो ।

हाल भुटानको रोयल सेक्युरिटिज एक्सचेञ्ज सूचक १५७१.९९ बिन्दुमा पुगेको छ । जुन भुटानको सेयर बजारको हालसम्मकै उच्च बिन्दु हो ।

यसअघि भुटानको सेयर बजार सन् २०२० मे महिनामा ९०४ बिन्दुमा थियो । हाल भुटानको सेयर बजारको पूँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँ भन्दा धेरै छ । 

त्यस्तै, दक्षिण एशियाको सबैभन्दा सानो भुटानको सेयर बजारसँगै सबैभन्दा ठूलो भारतको सेयर बजार पनि अल टाइम हाईको एरियामा छ । हाल भारतको बिएसई सेक्सेक्स ७७ हजार ३३७ बिन्दुमा छ । बिएसईको बजार पूँजीकरण १५ सय २७ खर्ब २६ अर्ब ९७ करोड भारतीय रुपैयाँ रहेको छ । साथै भारतको निफ्टी–५० पनि अल टाइम हाई नजिक २३ हजार ५२१ बिन्दुमा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी