काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ्ग खोला जल विद्युत, नेपाल फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी नेपाल, मान्डु हाइड्रोपावर र समृद्धि फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६प्रतिशत भन्दा धेरैले घटेको हो। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा सुनराइज ब्लुचिप फण्ड, कालिका लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्