Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

अर्थ सरोकार

काठमाडौं। भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ।  बुधबार भारतीय सेयर बजार सूचक बीएसई सेन्सेक्स ६ सय २० अङ्कले बढेर ७८ हजार ६ सय ७४ बिन्दुमा पुगेको हो। 

त्यस्तै, निफ्टी ५० पनि एक सय ४७ अङ्कले बढेर २३ हजार ८ सय ६८ बिन्दुमा पुगेको छ। जुन भारतीय सेयर बजारको हालसम्मकै उच्च बिन्दु हो। 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतका ब्लु चिप कम्पनी र ठूला कम्पनीमा निरन्तर खरिद चाप देखिएपछि सेयर बजार सूचकले लगातार अल टाइम हाई रेकर्ड बनाएको हो। 

मंगलबार पनि भारतीय सेयर बजार उच्च बिन्दुमा पुगेको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK