×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवचन्द्रले देखेको ‘सेयर बजार र बिहीबार’  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिवचन्द्रले देखेको ‘सेयर बजार र बिहीबार’  

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता शिवचन्द्रले अधिकांश लगानीकर्ताले बिहीबारलाई सेयर बजार घट्ने बारका रुपमा हेर्ने गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले लामो समयदेखि सेयर लगानीकर्ताले बिहीबारलाई सेयर बजार घट्ने बारका रुपमा लिँदै आएको बताएका हुन् । 

उनले बिहीबार बजारको अवस्था के होला ? भनेर गरिने प्रश्नमा ब्रोकर तथा लगानीकर्ताले ‘बिहीबारको मार्केट सबैलाई थाहा भएकै विषय हो’ भन्दै प्रतिक्रिया दिने गरेको बताए ।

तर, बिहीबारलाई सेयर बजार घट्ने बारकै रुपमा किन हेरिन्छ ? यसमा सेयर लगानीकर्ता शिवचन्द्रले तीन कारण देखेका छन् । शिवचन्द्रका अनुसार बिहीबार हप्तालाई आधार मानेर कारोबार गर्ने कारोबारी हाबी हुनु, उधारो कारोबारीले प्रोफिट बुक तथा स्टप लस गर्नु र शुक्रबार र शनिबार दुई दिन सेयर कारोबार बन्द हुँदा सेटलमेन्टको जोहो गर्न उधारो खरिदलाई ‘फोर्स सेल’ गर्नुले प्राय साताको कारोबारको अन्तिम अर्थात बिहीबार सेयर बजार घट्ने गर्छ ।

त्यस्तै, लामो समयदेखि ४ अर्बको हाराहारीमा सिमित रहेको कारोबार पछिल्लो ४ दिनयता ५ अर्ब भन्दा बढी हुँदै जानुले बजारमा बिस्तारै नयाँ लगानी भित्रिँदै गरेको र बजारप्रति लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दै गएको अनुमान गर्न सकिने पनि शिवचन्द्रले बताएका छन् ।

उनले आज (बिहीबार)को कारोबार विगतको भन्दा फरक रहे सेयर बजारले नयाँ रुप लिएको आंकलन गर्न सकिने पनि उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी