Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह सम्पन्न, सर्वोत्कृष्ट ३१ डिलरहरू सम्मानित

अर्थ सरोकार

काठमाडौं। शिवम् सिमेन्टले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्य रुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान-समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरेको थियो ।

उक्त समारोहमा शिवम् सिमेन्टले आफ्नो उत्कृष्ट डिलरहरू मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष अवार्ड दिइएको थियो । 

साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरुलाई शिवम् डायमन्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलबर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले ‘विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र ऐक्यवद्धतालाई आधार मानेर शो शीर्षक राखिएको जानकारी दिए । 

जसमा शिवम् नेशनल डायमन्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपराईटर सुनिल कुमार सिंह र शिवम् नेशनल सिलबर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जितेका थिए ।

त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।

देशभरका वितरक तथा बिक्रेताहरूको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्ट् देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK