काठमाडौँ । जहाजभित्र इन्धनको गन्ध आएपछि उड्न ठिक्क परेको श्री एयरलाइन्सको जहाज धावनमार्ग (रनवे) बाटै फिर्ता भएको छ ।
आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेमार्फत जहाज फिर्ता भएको हो ।
स्रोतका अनुसार रनवेबाट फर्काइएको श्री एयरलाइन्सको एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज आइतबार बिहान बिहान धनगढीका लागि ८ः२५ बजे उडिसक्नुपर्ने थियो ।
तर, उडानका लागि रनवेसम्म पुगिसकेको जहाजभित्र इन्धनको गन्ध आएपछि फर्काएको छ । हाल उक्त जहाजको प्राविधिक परीक्षण भइरहेको स्रोतले जनाएको छ ।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जहाजभित्र इन्धनको गन्ध आउनुको कारण ‘लिकेज’ रहेको देखिएको छ । त्यसबारे थप प्राविधिक जाँच भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्