×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टार्टअप हब नेपालले आयोजना गरेको ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ सम्पन्न, टिआरएफ नेपाल बन्यो च्याम्पियन…(फोटो-कथा)

GLOBAL IME BANK
SHREE KESH

स्टार्टअप हब नेपालले आयोजना गरेको ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ सम्पन्न, टिआरएफ नेपाल बन्यो च्याम्पियन…(फोटो-कथा)

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्टार्टअप हब नेपालले आयोजना गरेको ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ सम्पन्न भएको छ । बिहीबार काठमाडौँको राष्ट्रिय नाच घरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्टार्टअप वर्ल्डकप नेपाल फाइनलको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गरेका हुन् । उनले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताएका छन् ।

यस्तै, स्टार्टअप वर्ल्डकपको नेपालको फाइनलमा बिहीबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आइडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टि आर एफ नेपाल च्याम्पियन हुन सफल भएको हो । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ ।

यसपटक पहिलो चोटि स्टार्टअव वर्ल्डकपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागि आएका थिए । उनले नेपालको स्टार्ट इकोसिस्टम राम्रो बनाउनुपर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने जनाएका छन् ।

यता उद्योग सचिव कृष्णबहादुर राउतले पनि नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको बताएका छन् ।  अमेरिकी दुतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशीलतामा धेरै सफलता हासिल गरेको र आफूहरूले नेपालमा पनि उद्यमशीलताको क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: