काठमाडौं । अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठ आर्थिक पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन् । थाइल्याण्डको बैंककस्थित होटल सिजन्समा अर्थ नेपालले आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच श्रेष्ठ सम्मानित भएका हुन् ।
श्रेष्ठ बिगत ७ बर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् । श्रेष्ठसँग रेडियो, टेलिभिजन, र अनलाइन पत्रकारिताको अनुभव छ ।
श्रेष्ठ बिगत ४ बर्षदेखि अर्थ सरोकार डटकममा आवद्ध छन् । यसअघि उनी अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरोका प्रमुख थिए । बिगत २ बर्षदेखि श्रेष्ठ अर्थ सरोकारको समाचार प्रमुखका रुपमा सक्रिय छन् ।