×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संसद् कर्मचारीको मात्रै तलब बढाउन सकिँदैन’- अर्थ मन्त्रालय 

GLOBAL IME BANK

‘संसद् कर्मचारीको मात्रै तलब बढाउन सकिँदैन’- अर्थ मन्त्रालय 

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ मन्त्रालयले संसद् कर्मचारीहरुको तलब वृद्धि गर्न अस्वीकार गरेको छ । ११ बुँदे मागसहित आन्दोलनरत संसद् कर्मचारीहरुले बुझाएको पत्रको जवाफ दिँदै अर्थ मन्त्रालयले संसद् कर्मचारीको मात्रै तलब वृद्धि गर्न तत्काल सम्भव नरहेको बताएको हो । 

आगामी आर्थिक वर्षको बजेटमा कुनै पनि सरकारी कर्मचारीको तलब नबढाइएको बेला संसद्का कर्मचारीको मात्रै तलब बढाउन तत्काल सम्भावना नरहेको अर्थले जवाफ पठाएको छ ।

हाल संसद् सचिवालयका कर्मचारीहरु तलब बढाउनुपर्ने र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलनरत छन् । तर, अर्थले भने अहिलेको परिस्थितिमा र बजेटको गरेको व्यवस्थाका आधारमा तत्काल उक्त माग सम्बोधन गर्न नसकिने बताएको छ । 

संसद् कर्मचारीहरुको तलब वृद्धि गर्ने लगायतका मागका विषयमा सोमबार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: