काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आइतबार अदालतले नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
गृहमन्त्रीको निर्देशनपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउन सुरु गरेको थियो ।
तर, उक्त निर्णयको चर्को विरोध भएपछि सर्वोच्चमा दाय गरिएको रिटमाथि सुनवाई गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ ।
यसअघि गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवस (जेठ १५) गते महिनावारीको समयमा महिला ट्राफिक प्रहरीलाई सडकमा ड्युटीमा नखटाउने बरु ती स्थानमा मापसे लगायतका सवारी नियम उल्लंघन गरेर कारबाहीमा परेकाहरुलाई खटाउने निर्णय गरेका थिए । अदालतको आदेशसँगै गृहमन्त्रीको उक्त निर्णय कार्यान्वयनमा तत्कालका लागि रोक लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्