काठमाडौं। सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित हुने भएको छ। अपराह्न १ बजे विमानस्थलमा एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट सम्बन्धि पूर्णकालिन अभ्यास गरिने हुँदा केहि समय उडान प्रभावित हुने भएको हो।
उक्त अभ्यासका कारण आज १ बजेदेखि साढे १ बजेसम्म विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान अवतरण प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा उक्त अभ्यास हुन लागेको हो । अभ्यासको मुख्य उद्देश्य दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अभ्यासको क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने जनाईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्