Skip to content
LAXMI SUNRISE BANK

एनएमबी बैंकको एटिएम फुटाएर रकम चोरी गर्न खोज्ने पक्राउ

अर्थ सरोकार

काठमाडौँ । एनएमबी बैंकको एटिएम फुटाएर रकम चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका ३ घर भएका २३ वर्षीय रूपेश नेपाली रहेका छन् ।

उनले पोखरा महानगरपालिका ५ जिरो किलोमा रहेको बैंकको एटीएम फुटाएर रकम चोरी गर्न खोजेको प्रहरीले जनाएको छ । तर, रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

हाल पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK