Skip to content
LAXMI SUNRISE BANK

अर्थ मन्त्रालय एमालेको भागमा, सेयर लगानीकर्ता उत्साहित !

अर्थ सरोकार

काठमाडौं। सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । सोमबार राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको हो।

ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने गरिएको छैन ।

शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने भएका छन्  एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिने भएको छ ।

एमालेको भागमा अर्थ मन्त्रालय पर्ने भएसँगै सेयर बजारका लगानीकर्ता पनि उत्साहित भएका छन्। एमालेको सरकार हुँदा सेयर बजार ३२०० बिन्दुमा पुगेको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK