×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाहरूले गरे ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार, सबैभन्दा धेरै कारोबार वाणिज्य बैंकको

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक तथा वित्तीय संस्थाहरूले गरे ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार, सबैभन्दा धेरै कारोबार वाणिज्य बैंकको

Artha Sarokar

१७ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार सबैभन्दा धेरै शंकास्पद कारोबार वाणिज्य बैंकहरुमा भएको छ । वाणिज्य बैंकमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ । साथै, बैंकमा ५ हजार २ सय ८२ वटा शंकास्पद कारोबार भएको छ ।

यस्तै, दोस्रोमा विकास बैंकको सबैभन्दा धेरै शंकास्पद कारोबार भएको छ । उक्त बैंकबाट २०२३ मा ४७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । विकास बैंकमा ३ सय ३० वटा शंकास्पद कारोबार भएको छ ।

यता लघुवित्तमा २४, राष्ट्र बैंकमा ११ र मर्चन्ट बैंकरमा एउटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी