×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठमा मात्रै वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ८४ करोड 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेठमा मात्रै वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ८४ करोड 

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेठ महिनामा वाणिज्य बैंकहरुले झण्डै ८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार जेठमा २० वाणिज्य बैंकहरुले कुल ७ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

योसँगै चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । चालु आवको १० महिना (बैशाख)सम्म वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा वाणिज्य बैंकहरुले गरेको नाफा १६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले कुल ६७ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । तर, यसवर्ष बैंकिङ क्षेत्रमा देखिएको रिकभरीमा समस्या तथा अपेक्षित लगानी नबढ्नुले बैंकहरुको नाफा दबाबमा परेको जानकारहरुको भनाई छ । 

त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले कुल ५५ करोड रुपैयाँ नाफा कमाएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी