काठमाडौँ । बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको छ । काठमाडौँबाट बिहीबार साँझ भैरहवाका लागि उडेको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो । रनवेबाट चिप्लिएको जहाज रनवेको छेउमै घाँसमा पुगेर रोकिएको छ ।
जहाज रनवेको छेउमै फसेपछि हाल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सम्पूर्ण उडान अवतरण बन्द भएको छ ।
जहाजको पछाडिको एउटा टायर पञ्चर भएकोले जहाज निकाल्न कठिनाइ भएको विमानस्थल कर्मचारीले बताएका छन् । यद्यपि उक्त जहाज निकालेर धावनमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि ती कर्मचारीले बताएका छन् ।
रनवेबाट चिप्लिएर जहाज रनवेबाहिरको घाँसमा पुगेर रोकिए पनि जहाजमा ठूलो क्षति नभएको र जहाजमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्